असुरो
स्थानीय नाम:-असुरो बाशों,कालो बाशो
अंग्रेजी नाम:-Malabarnut
बैज्ञानिक नाम :-Adhatodo
Vasica
संस्कृतीक नाम:-वसा ,वासीका
- परिचय:-यो तराई पहाड जता ततै पाइने ४ - ८ फिट आग्लो झाडीदार बनस्पति
हो| धेरै हागाहरु भएको सदाबहार बुटेन हो | पातहरु भालाकार ७-१९ से.मि.सम्म
लामा र ६ -७ से.मि.चौडा डाठ भएका गाडा हरिया हुन्छन | यस को फुला सेता
आकारका हागाको टुप्पामा शिशिर -बसन्त ऋतुमा झुप्पा भएर फुल्दछ |फुलको
तेलमा vasicin todic acid र रसमा रोसिन पहेलो रंगको हल्का तितो टर्रो स्वादको
तत्व हुन्छ |यसलाई दमको रोगमा रक्त बिकार पित रोगि मुटु दुखेमा स्वर बसेमा ,
,खरो भएमा, दम औलो जरो बढेमा, बान्ता भएमा साथै कुष्ठ रोगकलागी पनि
उपयोगी छ | मात्रा :-रस १० -२० मि.लि.३ पटक खाने | काडा ४० -८० मि.लि.
दिनमा ३ पटक खाने | यसको पात पकाएको रस खोकीको लागि महासंगमिसाएर
खाने रक्तपितमा फुलको धुलोबानाएर खाने गर्नुपर्छ | किरामार्नको लागि पात र
धुलो प्रयोग गरिन्छ |
अमला
स्थानीय नाम:-अमला,औलो
अंग्रेजी नाम:-indiangooseberry बैज्ञानिक नाम :-Emblica officinalis gaertn संस्कृतीक :- आमलकी ,शिवा बनस्पति परिवार :-Phylanthos emblica |
परिचय :- नेपालमा तराई देखि उच्च पहाडी भाग
सम्ममा पहारिलो पाखा भिर मा
पाइने बनस्पति हो | सबै ठाउमा चिनिने अमलाको बोट ८ मिटर अग्लो र ३/४ फुट
गोलो भएको रुख हुन्छ | हागाहरु मसिनो छिया छिया परेका पातहरु गाढा हरियो
रगका हुन्छ | फेदको बोक्राको रंग फिका सेतो हुन्छ ,दानको स्वाद अमिलो, गुलियो ,
टर्रो मिर्श्रित हुन्छ | यसको दाना चैत्र-बैसाख तिर खान योग्य हुन्छ | फल चिल्लो
हरियो गोला हुन्छ | सुकयेपछी कालो हुन्छ | औषध रुपमा प्रयोग हुने अंग फल हो |
यसको प्रयोग अपच भएमा, अमिलो पानी आउने नाक मुखमा हुने रक्त स्राब,पिसाब
सम्बन्धि रोग ,कमजोरी हुदा जरो आउदा ,गानो गएमा, खोकी लागेमा गरिन्छ |
त्रिदोष नासक अखाकोलागी उपयोगी छ |यसमा भिटामिन c प्रचुर मात्रामा पाइन्छ | मात्रा :- चुर्ण ३ -६ ग्राम ढुध वा पानी संग बिहान बेलुकी खाने |
फल स्वरस :-१०-२०मि.लि.महसँग दिनमा २ पटक |
पाइने बनस्पति हो | सबै ठाउमा चिनिने अमलाको बोट ८ मिटर अग्लो र ३/४ फुट
गोलो भएको रुख हुन्छ | हागाहरु मसिनो छिया छिया परेका पातहरु गाढा हरियो
रगका हुन्छ | फेदको बोक्राको रंग फिका सेतो हुन्छ ,दानको स्वाद अमिलो, गुलियो ,
टर्रो मिर्श्रित हुन्छ | यसको दाना चैत्र-बैसाख तिर खान योग्य हुन्छ | फल चिल्लो
हरियो गोला हुन्छ | सुकयेपछी कालो हुन्छ | औषध रुपमा प्रयोग हुने अंग फल हो |
यसको प्रयोग अपच भएमा, अमिलो पानी आउने नाक मुखमा हुने रक्त स्राब,पिसाब
सम्बन्धि रोग ,कमजोरी हुदा जरो आउदा ,गानो गएमा, खोकी लागेमा गरिन्छ |
त्रिदोष नासक अखाकोलागी उपयोगी छ |यसमा भिटामिन c प्रचुर मात्रामा पाइन्छ | मात्रा :- चुर्ण ३ -६ ग्राम ढुध वा पानी संग बिहान बेलुकी खाने |
फल स्वरस :-१०-२०मि.लि.महसँग दिनमा २ पटक |
स्थानीय नाम:- बेल, बेलपता
अंग्रेजी नाम:- Bangal Quince
बैज्ञानिक नाम :- Aegle Marmelas
संस्कृतीक नाम:- श्रीफल,विल्लो,शिवेस्टी
परिचय :- बेल एक बहुबर्षीय रुख जातीय बिरुवा हो | यो पहाड र तराइमा
पाइन्छ | यसका हागाहरु फैलेको, खैरो हरियो रंगको पात भएको र खर्स्रो बोक्रा भएको
हुन्छ | पातहरू ३ /३ वोटा जोडिएको अण्डा आकारका हुन्छन | फल गाडा हरियो फल्दछ र
पाके पछि पहेलो हुन्छ | यो समुन्द्र सतह देखि १२०० -१३०० फिटसम्मको उचाईमा पाइन्छ
| बेलको बोटे २० मि. सम्म अग्लो हुन्छ | चैत्र -वैशाखमा फाल पाक्दछ र पातहरु सबै
झरेका हुन्छन |
उपयोगीता तथा प्रयोग बिधि:- यसको काचो फल तथा कलिलो पात औषधि उपचारका लागी प्रयोग
गरिन्छ | यसले मुटोको रोग,मस्तिसको रोग,कफ,खोकी,आमबाथ,शुल उठेमा, दम लागेमा मधुमेय
भएमा फलको सर्वत बनायर खान दिनुपर्छ | यसले झाडापखाला, आउँ,फेट दुखेको, दातं दुखेको,स्वर
बसेको मानसिक रोगका लागी उपयोगी हुन्छ |
मात्रा:
स्वरस : १०-२०मि.लि.३/४ पटक
काचो बालबेल् चुर्ण: ३-६ ग्राम दही या महीसंग ३ पटकगुर्जो
स्थानीय नाम:- गुर्जो लहरो,गिलोय
अंग्रेजी नाम:- Tinospora /Hart Leavedmoonseed
बैज्ञानिक नाम :- Timospora cardifolia
परिचय:-यो नेपालमा तराई देखि पहाड सम्म
पाइन्छ | ७०० -१५०० मि. सम्मको उचाइमा पाइन्छ
| यो लहरा बर्गको बनस्पति हो | कलिलोमा हरियो र छिपिएपछि खैरो टाटेपाटे
सेता धबा भएको झट्ट हेर्दा सर्पजस्थो देखिन्छ | यसको लहरा ३० -४० मि.सम्म लामो र
मोटाइ १० से.मि.सम्म हुन्छ पातहरु लहराको बिचबाट १-१ वोटा निस्केका चिल्लो हरिया र
फिका खैरो रंगका, पातगोलाकार पानको पात जस्तै हुन्छ | यसको सानो कलिलो लहरा मसिनो
झुस भएका हुन्छन | यो फागुन चैत महिनामा पलाउने कतिक मङ्सिरमा पातहरू झर्ने र जंगल
खोच र पथरिलो ढडान र उतारी मोहडा भएको ठाउमा राम्रोसंग फैलेको हुन्छ | लहरा भित्र
नसा भएको हुन्छ | जति छिपियो तेती तितो स्वादको हुन्छ |
उपयोगीता तथा
प्रयोग बिधि:-यसको डाठ औषधीको रुपमा प्रयोग गरिन्छ | यो मधुमेय दम खोकी कुष्ठरोग,कमला,
पुरानो जरो, मुत्रबिकार ,हातगोडा पोल्ने ,पेटको बिकार, गानो गोला, अपच हुदा,
कमजोरी भएमा, दिर्गरोगी, अम्लपित, बचाहारुको बहुमुत्र र सेतो पिसाब हुने रोग मा
प्रयोग गरिन्छ | गाइ बस्तु हरुमा पानि यसको प्रयोग गरिन्छ | खारो लागेमा, पेट ढाडीएमा,
रगत गौतेमा, पेट कोपरेमा प्रयोग गरिन्छ | हाल यसको प्रयोग ड़ेगु रोगको लागि पानि
गरेको पाइन्छ | मात्रा:- चुर्ण ३ -६ ग्राम महसँग २ पटक | क्वथ: १५-२० मि.लि. महसँग
मिलाएर दिनमा २ पटक खाने |
अशोक
स्थानीय नाम:- अशोक
अंग्रेजी नाम:- Ashok Tree
बैज्ञानिक नाम :- Saraca asoca DeWilde
संस्कृतीकनाम:-मधुपुष्प,हेमपुष्प,भंजारी,ताम्रपल्ल
वनस्पतिक नाम :-
अंग्रेजी नाम:- Ashok Tree
बैज्ञानिक नाम :- Saraca asoca DeWilde
संस्कृतीकनाम:-मधुपुष्प,हेमपुष्प,भंजारी,ताम्रपल्ल
वनस्पतिक नाम :-
परिचय:- यसको रुख २५-३० फुट सम्मको उचाई
सधैंहरियो हुने छायाँदार हुन्छ | पातहरु हरिया ९ इन्च सम्म लामा हुन्छन | फूलहरु
राता र पहेला अति सुगन्धित हुन्छन | फलहरु ४ -१० इन्च लामा १ -२ इन्च चौडाई
बैसाख-जेठ तिर लाग्दछ | काचो फल सुरुमा बैगनी रंगको र पाकेपछि कालो रंग को हुन्छन | यसको फेदमा काट्दा
सेतो रंगको रस निस्किन्छ जो हावामा छिटै सुकेर रातो रंगको हुन्छ | यसको बोक्रा
औषधी उपचारको लागी उपयोग गरिन्छ | यसको बोक्राले रुची बढाउने ,शितल पार्ने,
किरानासक ,संधिबापछिपिडा, शुल ,उदार रोग, प्रदर रोग, अपच, रक्त बिकार ,थकावट, अतेधिक
रक्तस्राब, हाडहरू जोडने, जरो,गर्भाशयको शिथिलता, जस्ता रोगहरुमा उपयोगी हुन्छ |
निम
स्थानीय नाम:- नीम
अंग्रेजी नाम:-Margosa tree
बैज्ञानिक नाम :- Azadirachta indica A.juss
संस्कृतीक नाम:- निम्ब,अरिष्
परिचय:-नेपालमा पाइने मझौला खालको सदावहार बरुवा हो | समुन्द्रीसतहबाट ९००मि.सम्मको उचाइमा पाइन्छ | पार्यगारी घाम लाग्ने सुखा ठाउमा हुर्केको हुन्छ | यो बिरुवा ३० फिटसम्म अग्लो र ८ फिट सम्म मोटाई हुन्छ | रुखको बोक्रा ठाडा र तेर्सो चिरा परेका बाहिर गाढा खैरो र भित्री भाग रातो रंगका हुन्छन् | पातहरू किनारामा दात भएका स -साना खैरा रंगका थोप्ला हरू भएको र टुपोतिखो भएको हुन्छ | पातको कापमा निस्केको सिन्के डाठमा फागुन ढेखी जेठ सम्म सेता र फिक्का राता रंगका १ से.मि. चौडाई १.५ से.मि. लामा गोलाकार फूलहरू फुल्दछन | यसरी फुलेको फूलहरु झरेपछि जेठदेखि भाद्र सम्म फलहरु पाक्ने गर्दछ | एउटा मात्रा बिउ हुने फल तोरी जस्तै बास्नादार हुन्छ | पात र बोक्राको स्वाद तितो हुन्छ |
उपयोगीता तथा प्रयोग बिधि:- यसको बिउको तेल , पिना
उपयोग गर्नाले दाद ,घाउ,खटिरा ,बाथ ,गिजा सुनिएको ,छालाको रोग निको हुन्छ | बोक्राको धुलो वा रसले रगत
रोक्ने ,औलो जरो ,रुघाखोकी,पिनास ,कफ चिसो पसेको, अल्काई, रगत बिग्रेको ,मुटु रोगिलाई
सन्चो गर्दछ | दतिवन गर्नाले मुख गनाउने
जिब्रो बिग्रने ,दातको रोगमा ठिक गर्दछ | पातको धुलोले पेटको बिरामी ,आन्द्राको
घाउ,लुतो ,जुका ,गाठा दुख्ने ,पिसाब बढने ,पत्थरीहुने,बिफर र गुप्तांगको रोगलाई आराम
गर्दछ | खेत बारीमा लगाएको बालिहरुमा किरा मार्नकोलागि प्रयोग गरिन्छ भने तेलबाट
उच्चस्तरको साबन पनि बन्दछ |
No comments:
Post a Comment